जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार २२:१०

एमाले सचिवालय बैठक : असार दोस्रो साता केन्द्रीय कमिटीकाे बैठक बोलाइने


काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बसेको सचिवालय बैठकले आगामी असार दोस्रो साताभित्र  केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।

बैठकको मिति भने पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेल बीचको परामर्शपछि तय गरिने जनाइएको छ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिका विषयमा छलफल भएको बताइएको छ।