काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो।
उहाँले २०७२ सालको भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि कार्यालय विभिन्न स्थानमा सर्दै आएको उल्लेख गर्दै मदननगरस्थित नदी किनारको जग्गा भवन निर्माणका लागि उपयुक्त रहेको प्राविधिक प्रतिवेदनका आधारमा सोही स्थानमा भवन निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो।
त्यस्तै, कलंकीमा शिलान्यास गरिएको स्थानमा भवन नबनाउने निर्णय गर्दै उक्त प्रस्ताव फिर्ता लिइएको पनि उहाँले जानकारी दिनुभयो।
पार्टीले भवन निर्माणका लागि सहयोग र सद्भाव देखाएको भन्दै मिनबहादुर गुरुङ दम्पतीप्रति बैठकले धन्यवाद व्यक्त गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्