जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार २३:०४

एमालेले गठन गर्यो बिष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल


काठमाडौं, जेठ १० । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज सम्पन्न सचिवालय बैठकले पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष रघुजी पन्त, सचिव छवीलाल विश्वकर्मा, पद्मा अर्यालसहित जुली महतो, अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, रमेश बढाल, अमर थापा, टीकाराम भट्टराई र पासाङ शेर्पा सदस्य रहनुभएको छ ।

त्यस्तै, पार्टी पुनर्गठनसम्बन्धि सुझाव दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षताका कार्यदल गठन गरिएको छ।