जनता टाइम्स

११ जेष्ठ २०८३, सोमबार २१:५४

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको निधन


काठमाडौं, जेठ ११ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको निधन भएको छ ।

एमाले नेता समेत रहनु भएका थापाको आज निधन भएको हो ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय थापाको निधनले भक्तपुर जिल्लाले एक अनुभवी नेतृत्व गुमाएको छ । उहाँको निधन प्रति विभिन्न क्षेत्रबाट दुःख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ भने शोकमा परेको परिवारमा समवेदना व्यक्त गरिएको छ ।