जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १४:३८

रास्वपालाई एमालेको प्रश्न : प्रधानमन्त्रीलाई खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गर्न खोजेको हो ?


काठमाडौं, जेठ १२ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीलाई खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गर्न खोजेको हो ? भन्दै कडा प्रश्न सोध्नुभएको छ ।

प्रमुख सचेतक महरले प्रधानमन्त्री बालेन साह जननिर्वाचित सर्वाेच्च सस्था संसदको गरिमा कायम राख्न संसदमा आएर उठेका प्रश्नहरूको जबाफ दिनुपर्ने बटमलाइन पनि सुनाउनु भएको छ  प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महरले प्रधानमन्त्री संसदप्रति जबाफदेही नभएको भन्दै कडा आपत्ति जनाउनु भयो ।

‘प्रधानमन्त्रीले यो सदनलाई किन यो ढंगबाट बेवास्ता गर्न खोजिरहनुभएको छ, खोपीको देउता बन्दै हुनुहुन्छ, म सत्तापक्ष सरकारलाई सोध्न चाहन्छु( प्रधानमन्त्री वालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घन्टी बजाएर पूजा गरेको होरु के बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?’ महरले प्रश्न गर्नुभयो ।