काठमाडौं, जेठ १२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरूबीच सदनको सुचारु गराउने सहमति भएको छ ।
मंगलवार १५ मिनेटका लागि सभामुख डिपी अर्यालले सदस्य स्थगित गरेपछि भएको छलफलमा सदन सुचारु गर्ने सहमति बनेको हो । सदन स्थगित भएपछि रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा अनौपचारिक छलफल भएको थियो ।
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र साहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
नेकपा प्रमुख सचेतक युवराज दुलालले आजै बस्ने संसद् बैठकमा सत्तापक्षले संसद् बैठकमा प्रधानमन्त्रीबाट सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गर्ने बताउनु भयो । रास्वपाका तर्फबाट प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति घोषणा गर्ने दुलालले बताउनु भयो ।
‘सत्तापक्षले प्रधानमन्त्रीका तर्फबाट हाउसमा बोल्ने प्रतिबद्धता व्यक्त गर्ने र विपक्षीले सदनको अवरोध हटाउने भन्ने भएको छ,’ दुलाले भन्नुभयो । छलफलमा रास्वपाबाट बुर्लाकोटी, कांग्रेसबाट बासना थापा, एमालेबाट ऐनबहादुर महर, नेकपाबाट दुलाल, श्रम संस्कृतिबाट आरेन राई र राप्रपाबाट खुश्बु ओली सहभागी हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्