जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १७:३१

रास्वपाको प्रतिबद्धतामा प्रधानमन्त्री सचिवालयको अब्जेक्सन, पार्टी निर्णय नमान्ने घोषणा


काठमाडौं, जेठ १२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहले सदनलाई सम्बोधन गर्ने भनेर गरेको सहमतिप्रति प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेनले पार्टी निर्णय नमान्ने बताएसँगै एकाएक नयाँ ट्वीस्ट आएको छ ।

रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति आजै बस्ने प्रतिनिधि सभा बैठकबाट घोषणा गर्ने भनिएपनि प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा नगर्न भन्दै पार्टी निर्णय नमान्ने प्रष्ट पारेको छ । प्रधानमन्त्रीको सचिवालयको सो भनाईपछि बैठक फेरि प्रभावित भएको छ ।

रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबिच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा बालेनले सम्बोधन गर्नेगरी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रतिबद्धता जनाउनु भएकाे थियाे । उहाँले संसद बैठकमा समेत प्रधानमन्त्री एक हप्ता भित्रै सदनमा आएर बाेल्ने बताउनुभएकाे थियाे ।

सोहीअनुसार मंगलबार दिउँसो अवरुद्ध भएको सदन अब भने खुला हुने सहमति भएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले मिति घोषणा गर्न नमानेपछि महामन्त्री बुर्लाकोटीले सदनमा टालटुले जवाफ दिनुभयाे। उहाँले प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्ने बताएपनि प्रतिपक्षी आश्वस्त हुन सकेनन् । प्रधानमन्त्री बालेन साहले आफू कसैले भने पनि सदनमा सम्बोधन नगर्ने अडानमा रहनुभएको छ ।