जनता टाइम्स

१२ जेष्ठ २०८३, मंगलवार १८:२६

१५ बुँदे सहमतिपछि मधेस सरकार विस्तारको तयारी, चार मन्त्रीले शपथ लिने


जनकपुरधाम, जेठ १२ । लामो समयको रस्साकस्सीपछि मधेस प्रदेश सरकार विस्तार हुने भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपछि मन्त्रिमण्डल विस्तारको तयारी अघि बढाइएको हो ।

नयाँ सहमतिअनुसार नेकपा एमालेबाट ३ जना र नेकपाबाट १ जनासहित ४ मन्त्रीले शपथ लिने तयारी गरिएको छ ।

एमालेबाट बिना विभागीय मन्त्रीको रूपमा शपथ लिनुभएका मोहम्मद समिरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

यस्तै, एमालेबाटै शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय तथा मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

सत्तारुढ दलहरूबीच लामो समयदेखि मन्त्रालय भागबन्डा र शक्ति सन्तुलनको विषयमा छलफल हुँदै आएको थियो । अर्थ मन्त्रीकाे विषयलाई लिएर गठबन्धन नै टुट्ने अवस्थामा पुगेकाे थियाे ।  १५ बुँदे सहमतिसँगै मधेस प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढेको बताइएको छ ।