काठमाडौं, जेठ १४ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश जारी गर्दै उहाँले बकर इदले प्रेम, सद्भाव, एकता र मानवताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।
ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि रहेको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक सहअस्तित्व नै नेपालको विशेषता भएको बताउनुभएकाे छ । ‘यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको संगीत बनेर गुञ्जिन्छन्,’ शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले नेपालको शक्ति विविधताबीचको एकतामा रहेको उल्लेख गर्दै सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको बताउनुभएकाे छ ।
ओलीले बकर इदको अवसरमा मुस्लिम समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दै ‘इद मुबारक’ भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्