जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार ०७:२४

प्रधानमन्त्रीकाे जवाफदेहिता नेपाल र नेपालीतिर होइन, विदेश र विदेशी तिर देखियाे : हर्क साम्पाङ


काठमाडौं, जेठ १४ । श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले संसदप्रति जवाफदेहिता नदेखाई विदेशी राजदूतहरूसँगको भेटघाटलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीप्रति टिप्पणी गर्नुभएको छ ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साह बालेनको गतिविधिप्रति प्रश्न उठाउनुभएको हो । ‘प्रधानमन्त्रीले संसदप्रति जवाफदेहिता नदेखाउनु तर विदेशीलाई प्राथमिकता देखाउनुले जवाफदेहिता नेपाल र नेपालीतिर होइन, विदेश र विदेशी तिर हो कि भन्ने शंका उत्पन्न भयो !’ उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति साम्पाङको उक्त टिप्पणी पछिल्लो समय संसद बैठक र सरकारको भूमिकालाई लिएर भइरहेका राजनीतिक बहसका बीच आएको हो ।