काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरू कोही पनि देखिएनन । नेपालको इतिहासमा पहिलो पटक गणतन्त्र ल्याउन जीवन नै जोखिममा राखेका पूर्वप्रधानमन्त्रीहरू नदेखिएपछि कार्यक्रममै निकै चासो र सोधीखोजी भएको छ ।
हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ । सोही अनुसार आज सरकारले बिशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाएको हो । तर समारोहमा पुर्वप्रधानमन्त्रीहरूको उपस्थिति सून्य देखियो । गणतन्त्र दिवसमा पूर्वप्रधानमन्त्रीलाई अनिवार्य निमन्त्रणा गर्ने परम्परा रहेको छ ।
सोही परम्पराअनुसार पूर्वप्रधानमन्त्रीहरू सहभागी हुने अपेक्षा गरिएको थियो तर कोही सहभागी नभएका हुन । प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सो कार्यक्रममा मुल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाह कालो पहिरनमा सहभागी हुनुभयो तर परम्परा तोडदै सम्बोधन गर्नुभएन । गणतन्त्र दिवसमा पाहुनाहरू डाक्ने जिम्मा पाएको गृह मन्त्रालयले निम्तो दिएको बताएको छ तर पूर्वप्रधानमन्त्रीहरूका सचिवालयले निम्तो नै नआएको बताएका छन ।

अघिल्ला वर्षहरुमा गणतन्त्र दिवसको समारोहमा नियमित उपस्थित हुँदै आउनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत यस वर्ष सहभागी हुनुभएन । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालको पनि उपस्थिति रहेन । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री ओलीको सचिवालयले गणतन्त्र दिवसको समारोहमा सरकारबाट निमन्त्रण नआएको जनाएको छ । ओलीका सचिवालय प्रमुख एमाले नेतृ निरुदेवी पालले निमन्त्रणको कुनै पत्र वा जानकारी नआएको बताउनु भयो । यता प्रचण्डलाई भने ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभएर सांसदको हैसियतमा निम्ता पठाएपछि बिरामीको बहाना बनाएर सहभागी हुनुभएन ।
पूर्वप्रधानमन्त्री खनालले निम्तो नै नआएको भन्दै प्रधानमन्त्री गणतन्त्रबिरुद्ध लागेको प्रमाण मिलेको बताउनु भएको छ । यस्तै समारोहमा मन्त्रिपरिषदका अध्यक्ष पूर्वप्रधानन्यायाधीश खीलराज रेग्मी र अन्तरिम सरकारकी प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश शुशिला कार्की पनि सहभागी हुनुभएन ।













प्रतिक्रिया दिनुहोस्