जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १५:५१

तयार भयाे नेपाल सरकारकाे बजेट, अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने


काठमाडौं, जेठ १५ गते ।  नेपाल सरकारकाे आर्थिक वर्ष २०८३/८४ को  बजेट तयार भएकाे छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटबारे आज  केही बेर पछि प्रतिनिधिसभामा  प्रस्तुत गर्ने कार्यक्रम तय भएकाे छ ।

संघीय संसद् सचिवालयका अनुसार आज ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले सार्वजनिक गरेको बजेटमाथि यतिबेला संसद् तथा सार्वजनिक वृत्तमा व्यापक बहस भइरहेको छ । बजेटमा समावेश गरिएका कार्यक्रम, कर नीति, विकास खर्च, सामाजिक सुरक्षा तथा पूर्वाधार योजनाबारे सांसदहरूले चासो व्यक्त गरिरहेका छन् ।

अर्थमन्त्री वाग्लेले संसदमा बजेटका प्राथमिकता, आर्थिक सुधारका योजना, राजस्व संकलनको अवस्था तथा सरकारको विकास रणनीतिबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।