जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १५:५९

बजेट वक्तव्य पारित गर्न सङ्घीय सरकारको बैठक सिंहदरबारमा


काठमाडौं, जेठ १५ गते । आगामी आर्थिक वर्षको बजेटकाे प्रस्ताव पारित गर्ने उद्देश्यसहित मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बसेकाे छ।

प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा जारी बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) अन्तिम रूप दिएकाे सरकारका प्रवक्ता सस्मित पाखरेलले जानकारी दिनुभयाे।

बैठकमा बजेटका विभिन्न कार्यक्रम, मन्त्रालयगत विनियोजन, राजस्व लक्ष्य तथा विकास खर्चका विषयमा छलफल भएकाे बताइएकाे छ । अर्थ मन्त्रालयले तयार पारेको बजेट प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरेकाेले आजै संघीय संसदमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।

सरकारले यस वर्ष आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएको छ ।

मन्त्रिपरिषद्बाट पारित भएकाे बजेत तथा कार्यक्रम अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।