जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १६:४७

अर्थमन्त्रीकाे बजेट बक्तव्य : आगामि पुस मसान्त भित्र सर्वसाधारणले नेपाल टेलिकमको सेयर पाउने 


काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गरिने घोषणा गर्नुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उहाँले नेपाल टेलिकमको ६६ प्रतिशत सेयर सरकारकै स्वामित्वमा राखी बाँकी सेयर आगामी पुस मसान्तभित्र सर्वसाधारणमा बिक्री गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’का रूपमा विकास गर्न उपयोग गरिने बताउनुभयो । सूचना प्रविधि, डिजिटल पूर्वाधार तथा नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार गर्दै नेपाललाई प्रविधिमैत्री अर्थतन्त्रतर्फ अघि बढाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो ।

सरकारले बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई आर्थिक वृद्धिको नयाँ आधारका रूपमा विकास गर्ने नीति अघि सारेको जनाएको छ ।