उहाँले सरकारले नयाँ संस्था स्थापना नगरी भएका सरकारी निगम तथा प्राधिकरणलाई निजीकरणतर्फ लैजाने नीति लिएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले ‘सरकारले केही नयाँ स्थापना नगर्ने तर भएका सरकारी निगम र प्राधिकरणहरू निजीकरण गरी बेचिखाने अर्थमन्त्रीको नीति लागू हुन दिनेछैनौँ’ भन्नुभएको छ ।
उहाँले यस्तै प्रवृत्ति जारी रहे देशमा सरकारी स्वामित्वका संस्था नै बाँकी नरहने टिप्पणी पनि गर्नुभएको छ ।
सरकारले बजेटमार्फत केही सार्वजनिक संस्थानको संरचनागत सुधार, नागरिक र निजी क्षेत्रसँग साझेदारी तथा लगानी विस्तारको नीति अघि सारेपछि त्यसप्रति उहाँकाे यो प्रतिक्रिया आएकाे हाे ।
उहाँले युवालाई न्यूनतम तलव सहितको नयाँ रोजगारी नदिने तर सरकारी कर्मचारीलाई तलव बढाउने कुराको पनि विराेध जनाउनु भएकाे छ । उहाँले लेख्नु भएकाे छ, ‘युवालाई न्युनतम तलव सहितको नयाँ रोजगारी नदिने तर सरकारी कर्मचारीलाई तलव बढाउने कुराको विरोध गर्नेछौँ !’













प्रतिक्रिया दिनुहोस्