जनता टाइम्स

१६ जेष्ठ २०८३, शनिबार १०:५५

प्रेस चौतारीको इञ्चार्जमा रामकुमारी झाँक्री


काठमाडौं, जेठ १६ । नेकपा एमालेले प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारीमा युवा नेतृ तथा सांसद रामकुमारी झाँक्रीलाई जिम्मेवारी तोकेको छ ।

भर्खरै सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार अपानि जारी गर्दै एमालेले झाँक्रीलाई प्रेस चौतारीसहित पत्रकार सम्वद्ध संस्थाको इञ्चार्जको जिम्मेवारी दिएको हो । एमालेमा बिरोधीसँग जुध्न माहिर मानिने झाँक्रीलाई अब पत्रकार परिचालनको जिम्मेवारी तोकिएको हो । उहाँ राष्ट्रिय सभा सदस्यसमेत हुनुहुन्छ ।