काठमाडौं, जेठ १६ । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी युवा नेता निरज आचार्यलाई दिएको छ। एमालेमा प्रचार विभागलाई निक्कै शक्तिशाली मानिन्छ । जिम्मेवारी दिने बाहेक पार्टी केन्द्रीय कार्यालयबाट हुने प्रचारका सवै काम यही विभागबाट हुने गरेको छ ।
जेठ ४ गतेदेखि ४ दिनसम्म बसेको केन्द्रीय सचिवालय बैठकले आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो। यसअघि आचार्यसहित, डम्बरबहारदुर सिंह, कौशिला वती खत्री, गणेश थापा र नारायण घर्तीको नाम सिफारिस गरेको थियाे। यसअघि केन्द्रीय सदस्य मीनबहादुर शाही प्रचार विभाग प्रमुख हुनुहुन्थ्यो । तर उहाँले सो विभागमा निरन्तरता दिन नचाहेपछि आचार्यलाई दिइएको हो ।
आचार्य गत गत आम निर्वाचनका लागि जाजरकोटबाट सिफारिस हुनुभएकाे थियाे। अन्तिममा डम्बरबहादुर सिंह उम्मेदवार बन्नुभएको थियो । एमालेले स्थानीय तह निर्वाचन केन्द्रित पार्टी जागरण अभियान अन्तर्गत कार्यविभाजन गरी आचार्यलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको हो। आचार्य यसअघि निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो भने प्रचार प्रमुखमा राजेन्द्र गौतम रहनुभएको थियो । एमालेले गौतमलाई स्थानीय निकाय विभागतिर धकेलेको छ ।
यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ । सो निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उहाँहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ।
केन्द्रीय सदस्यहरु मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।














प्रतिक्रिया दिनुहोस्