काठमाडौं, जेठ १६। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना हुनुभएको छ।
उहाँलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी हस्पिटिलमा भर्ना गरिएको हो । पछिल्ला तीन दिनदेखि अस्वस्थ रहनुभएका प्रचण्डमा रुघाखोकी र ज्वरोका साथै निमोनियाको समस्या देखिएको बताइएको छ। चिकित्सकहरूको निगरानीमा उहाँको उपचार भइरहेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई थप परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना गरिएको हो। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। चिकित्सकहरूको सल्लाहअनुसार उहाँकाे उपचार भइरहेको बताइएकाे छ ।













प्रतिक्रिया दिनुहोस्