जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार ०९:३४

थाइल्याण्डबाट पक्राउ गरी टिकटकर तुल्सी अधिकारीलाई ल्याइयो नेपाल


काठमाडौं, जेठ १७ । तुलसा कलेक्सनका नाममा ठगी गर्ने टिकटकर तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी तुलसीलाई शनिबार काठमाडौँ ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

टिकटकर तुलसीविरुद्ध जिल्ला अदालत, ललितपुरमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा विचाराधीन छ । उनलाई आज अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।