काठमाडौं, जेठ १७ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको जग्गा मिचेको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले बिवादास्पद अभिब्यक्ति दिनुभएको हो ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि यो जानकारी थाह पाएको बताउनु भयो । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेपछि प्रधानमन्त्रीले भारतको जग्गा नेपालले मिचेको बताउनु भयो ।
भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा सुरू गरेका थिए । सो बिषयको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो । उहाँले टेबल टक गर्नुपर्ने पनि बताउनु भयो ।
’यो विषय कुटनीतिक रुपमा टेलब टक… तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भन्नुभयो, ’यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ । उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ ।’













प्रतिक्रिया दिनुहोस्