काठमाडौं, जेठ १७ । सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसदमा दिनुभएको अभिब्यक्तिप्रति कडा आपत्ति जनाउँदै गलत जानकारी दिएको ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको धारणा राखेपछि श्रेष्ठले आपत्ति जनाउनु भएको हो ।
‘प्रधानमन्त्रीले गलत बोल्नुभयो । नेपालले भारतको सीमा मिचेको कतै पनि छैन। तर यहाँ बुझ्नुपर्ने एउटा प्राविधिक कुरा के छ भने, नेपाल र भारतबीच १८८० किलोमिटर लामो सीमा रेखा छ र नेपालका २७ वटा जिल्ला भारतको सिमानासँग जोडिएका छन्। यति लामो सिमाना भएका कारण कतिपय ठाउँमा खेती कमाइ गरिएको जमिनको हकमा ‘क्रस होल्डिङ अकुपेसन’ भएको छ। ‘क्रस होल्डिङ अकुपेसन’ भनेको सीमावर्ती क्षेत्रका जनताले एकअर्काको भूमि भोगचलन गरिरहेको अवस्था हो,’ श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको एउटै चक्लाको ३७२ वर्ग किलोमिटर ठूलो भूभाग मिचेको छ। त्यसैगरी नवलपरासी जिल्लाको सुस्तामा १४५ वर्ग किलोमिटर भूभाग मिचेको छ। ‘नेपालले यसरी भारतको कुनै पनि ठूलो भूभाग कतै पनि मिचेको छैन। यो त केवल सीमापार केही मात्रामा भएको ‘क्रस होल्डिङ अकुपेसन’ अर्थात् सामान्य भोगचलनको दखल मात्रै ह,’ सीमाविद श्रेष्ठले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्