जनता टाइम्स

१७ जेष्ठ २०८३, आईतवार १८:५६

रास्वपाले बनायो रविको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति, प्रधानमन्त्री बालेन बसेनन्


काठमाडौं, जेठ १७ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । रास्वपाले आज समिति गठनको जानकारी दिएको हो ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ असारमा चितवनमा आयोजना हुँदैछ । सो महिाधिवेशनका लागि गठित मूल आयोजक समितिको अध्यक्षमा सभापति रवि लामिछाने रहनुभएको छ ।

यस्तै समितिका सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली तथा सागर ढकाल रहनुभएको छ ।

समितिमा बरिष्ठ नेता बालेन साह भने बस्न अस्वीकार गर्नुभएको छ । आफू सरकारको नेतृत्वमा रहेकोले प्रधानमन्त्रीका रुपमा पार्टीको आयोजक समितिमा बस्न नसक्ने अडान बालेनले लिनुभएको स्रोतले बताएको छ । समितिमा प्रधानमन्त्री बालेन बस्न नमानेपछि यसका साथै पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरू तथा सबै प्रदेश सभापतिहरूलाई पनि मूल आयोजक समितिमा समावेश गरिएको जनाइएको छ ।