काठमाडौं, जेठ १८ । सभामुख डिपी अर्यालले आफू रास्वपा कार्यकर्ताकै रुपमा प्रस्तुत भएको तथ्य खोल्नुभएको छ । सदन सञ्चालनमा बिपक्षीको साथ पाईन भन्दै सभामुख अर्यालले आफू रास्वपा भएको र सदनमा अरु दलको साथ नपाएको बताउनु भएको हो ।
सभामुख अर्यालले सुरुदेखि निश्पक्ष भूमिका निर्वाह गर्नुभन्दा प्रधानमन्त्रीको आदेश पालक बन्दै आएको र सदनमा बिपक्षीसँग सहमति कायम गर्नुको साटो ससंख्याको बेलमा पेलेर जवर्जस्ती पारितको नीति लिनुभएको छ ।
सो बिषय बढदै जाँदा आइतवारको बैठकमा सांसदबाटै झण्डै कुटाइ भेटेपछि सोमवार सभामुखले बिपक्षीको साथ नपाएको गुनासो गर्नुभएको हो । उहाँमाथि संसद नियमावलीबाहेक सवै पढेको र सदन चलाउनेबाहेक सवैतिर ध्यान दिएको आरोप लागेपछि यस्तो प्रष्टिकरण दिनुभएको हर्थ लगाइएको छ । सोही कारण उहाँले संसदमा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गर्नुपरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गर्नुभएको हो । सो क्रममा उहाँले विपक्षी दलका सदस्यहरूलाई पटक पटक संवाद गर्न बोलाएपनि समय नपाएको दाबी गर्नुभयो । सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिएको दाबी गर्दै उहाँले विपक्षी दलबाट नजरअन्दाज भएको बताउनु भयो ।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको दाबीसमेत गर्नुभयो । सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ मात्रै प्रस्तुत गर्नसक्ने भन्दै प्रष्टीकरण दिनुभयो । आफूले प्रक्रियामा काम गरिरहेको र कुनै नियम नमिचेकोसमेत उहाँको जिकिर थियो ।













प्रतिक्रिया दिनुहोस्