काठमाडौं, जेठ १९ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार नागरिकता लिखत सम्बन्धी कसुरको मुद्दामा जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएपछि उहाँलाई आज बिहान पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहलाई बिहान करिब ६ः१५ बजे पक्राउ गरिएको जनाएको छ। उहाँविरुद्ध जिल्ला अदालत पर्साले जेठ १२ गते नै पक्राउ पुर्जी जारी गरेको थियो।
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उहाँमाथि लिखत सम्बन्धी कसुरको विषयमा थप अनुसन्धान तथा सोधपुछ भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।












प्रतिक्रिया दिनुहोस्