काठमाडौं, जेठ २० । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि केन्द्रीय कार्यसमिति गठन गरेको हो।
महाधिवेशनबाट लक्ष्मण दर्नाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक र सरिता बराइली निर्वाचित हुनुभएको छ।
संघको महासचिवमा करण ताम्राकार निर्वाचित हुनुभएको छ भने सचिवहरूमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार र बसन्त विश्वकर्मा चयन हुनुभएको छ। कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पिवि दियाली निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै निवर्तमान अध्यक्ष विनोद पहाडीले संस्थाको उद्देश्य, नीति र कार्यक्रमअनुसार अघि बढ्न आग्रह गर्नुभयो। उहाँले दलित पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रमा समावेशी सहभागिता विस्तारका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल दलित समुदायका पत्रकारहरूको पेशागत क्षमता विकास, अधिकार संरक्षण तथा सञ्चार क्षेत्रमा समान अवसर सुनिश्चित गर्न क्रियाशील संस्था हो। महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले संस्थालाई थप सक्रिय, प्रभावकारी र देशव्यापी बनाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्