जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार १३:३४

केपी ओलीको खुलासा : पार्टीभित्र शीर काटेर टेवलमा राखेपछि मात्रै पार्टीमा एकता हुन्छ भन्ने मानसिकता देखियो


काठमाडौ, जेठ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गम्भीर नराकारात्मक रोग हावी भएको तथ्उ खोल्नुभएको छ । निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष ओलीले पार्टीभित्र केही नेता तथा कार्यकर्ताहरूमा शीर काटेर टेवलमा राखेमात्रै कता हुन्छ भन्ने महारोग पलाएको तथ्य खोल्नुभएको हो ।

पार्टीभित्र शीर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको देखियो, अहिलेको परिस्थितीमा त्यस्तो होइन, पार्टीभित्र मजबुद एकता आवश्यक रहेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो । पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शीर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताउनु भयो ।

‘शीर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन,’ उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दायाँबायाँ राखेर अध्यक्ष ओलीले भन्नुभयो । उहाँले एमालेका केही पंङ्ती मुल मिशन भुलेर बिरोधीको अफवाहको शिकार बनेको तथ्य पनि खोल्नुभयो ।

‘विरोधीहरुबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरु र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे । पार्टीमा कोही एता फर्केर बोल्ने,कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समिक्षा नै नभइ कोही हस्ताक्षर गर्न कुदने,कोही अनेक भ्रम फैलाउदै कुदने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको भन्दै अव तुष राखेर होइन, काममा जोड दिनुपर्ने बेला रहेको बताउनु भयो । एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने उहाँको भनाई छ । पार्टीको संगठन विभागले आयोजना गरेको कार्यक्रम आज र भोली चल्नेछ ।