जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार १३:५६

चुनावपछि केपी ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा पुग्दा एमाले पङ्ती अत्यन्तै उत्साहित (फोटोफिचर)


काठमाडौं, जेठ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कार्यक्रर्ता र मतदाताको क्रेज कस्तो छ भन्ने कुरा राजधानीमा आज आयोजना गरिएको कार्यक्रमले थप प्रमाणित गरेको छ ।

पार्टीभित्र केही नेताहरू बिरोधीसँग साँठगाँठ गरी एकोहोरो खेदिरहेको बेला ओली चुनावपछि केपी ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा पुग्दा एमाले पङ्तीमा कसैले नसोचेको उत्साह देखिएको छ । संगठन बिभागले आयोजना गरेको सदस्यता नविकरण र बिस्तार उत्प्रेरण कार्यक्रममा ओली पुग्दा नेतादेखि कार्यकर्ताको मुहारमा गज्जवको चमक आएको देखिएको छ ।