जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार १०:३२

रोल्पामा पिकअप गाडी दुर्घटना, तीन जनाको मृत्यु


काठमाडौं, जेठ २१ । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

इन्स्पेक्टर श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ। गाडीको नम्बरसमेत हालसम्म खुल्न नसकेको उहाँले जानकारी दिनुभयो।

आज बिहान करिब ९ बजे दुर्घटनाको सूचना प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियाे । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।