जनता टाइम्स

२१ जेष्ठ २०८३, बिहीबार १४:१३

महामन्त्री धवल शम्शेरसहित १८३ जना नेताले छाडे राप्रपा (सूचीसहित)


काठमाडौं, जेठ २१ । राजेन्द्र लिङदेनबाट पार्टी कब्जा भएको र जनताभन्दा आफ्नो स्वार्थ पहिलो बनेको भन्दै महामन्त्री धवल शम्शेर राणासहित १८३ जना नेताहरूले पहिलो चरणमा पार्टी छाडेका छन ।

काठमाडौं उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी १८३ जनाले पार्टी परित्याग घोषणा गरेका हुन्। पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत हुनुहुन्छ।

उहाँहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कारबाही गर्नुभएको थियो । धवल शम्शेरले नयाँ पार्टी बनाउने तयारी गर्नुभएको छ । सोही योजनाअनुसार पहिलो चरणमा पुराना नेतालाई समेटेर राप्रपा त्याग्नुभएको हो ।