जनता टाइम्स

१ पुष २०७६, मंगलवार १३:५५

बिद्या भट्टराईले लिनुभयो सांसद पदको शपथ, उपसभामुखबाट भयो सभामुखको अधिकार प्रयोग


काठमाडौं, पुस १ । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपाकी नेतृ विद्या भट्टराई अधिकारीले सांसद पदको सपथ लिनुभएको छ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सांसद भट्टराईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुख तुम्वाहाम्फेले शपथ ग्रहण गराउनुभएको हो । संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । गत मंसिर १४ गते सम्पन्न कास्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई हराउँदै विजयी हुनुभएको थियो ।

उहाँले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याई बिजयी हुनुभएको हो ।