काठमाडौं, जेठ २२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । सभापति लामिछाने आज दिउसो काठमाडौं आइपुग्नुभएको हो ।
भारत भ्रमणबाट फर्कनुभएका सभापति लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारले निकै रोचक र घोचक प्रश्न सोधेका छन । पत्रकारले ‘तपाईँ त प्रधानमन्त्री बन्ने सूचना आयो नि ?’ भन्ने प्रश्न सोधेपछि सभापति लामिछाने निकै खुलेर प्रस्तुत हुनुभयो । उहाँले आफ्नो पार्टी स्थिरताको पक्षमा रहेको भन्दै अरु बिषय गौण हुने बताउनु भयो ।
पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले ‘भारत भ्रमणमा गएसँगै तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नि ? भन्दै प्रश्न गरेका थिए । जवाफमा लामिछाने भन्नुभयो, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एक पटक पढ्न आग्रह गर्न चाहन्छु ।’
उहाँले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताउनु भयो । ‘हामी अस्थिरताको पक्षमा छैनौँ । हामी स्थिरताको पक्षमा छौँ । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीले बोलेर र लेखेर गरेको बाचाप्रति अडिग छौँ,अडिग रहिरन्छौँ,’ सभापति लामिछानेले भन्नुभयो ।
भारत भ्रमणको क्रममा लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी? गृहमन्त्री अमित शाह, परराष्ट्रमन्त्री डाक्टर एस जयशंकरलगायत भाजमा अध्यक्षदेखि उच्च तहका नतासँग भेटबार्ता गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्