जनता टाइम्स

२४ जेष्ठ २०८३, आईतवार ०९:२७

रास्वपा काठमाडौंको सभापतिमा राजा शाक्य निर्वाचित, यी हुन निर्वाचित पदाधिकारी र सदस्य


काठमाडौं, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो। जसमध्ये सभापतिमा शाक्य २५१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै उपसभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित हुनुभएको छ । गौतमले ले स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरी जीत निकाल्नुभएको हो । खड्काले २११ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सचिवमा सन्तमान महर्जनले २९७ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रमेश न्यौपानेले १३१ मत ल्याएर चित्त बुझाउनु परेको छ । यसैगरी सहसचिवमा सौरभ बस्नेत ३२५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी गणेश थापाले ९५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सदस्यहरुमा सम्शेर बहादुर श्रेष्ठ (१८२) केदार प्रसाद रैला (१६६) र बलराम कार्की (२३६) मतसहित निर्वाचित हुनुभएको छ । सदस्यका अन्य उम्मेदवारहरूमा राजेन्द्र मुनि बज्राचार्य, प्रकाश चौलागाईं र रत्न काजी महर्जन रहनुभएको थियो ।