जनता टाइम्स

२४ जेष्ठ २०८३, आईतवार १९:३९

प्रदेशका नेताहरूसँग केपी ओली : अन्यौलता हटेर जान्छ, यस्ता मागमा कुनै सम्झौंता गर्दिन


काठमाडौं, जेठ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच बिषयमा कुनै आफूले संझौता नगर्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । बिभिन्न प्रदेशका पदाधिकारीसहित केन्द्रीय कमिटीमा रहेका नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले देशको आवश्यकता, पार्टीको कामदेखि लिएर बिभिन्न बिषयमा आफ्नो बटमलाइन सुनाएर कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको हो ।

पछिल्लो सचिवालय बैठकपछि अध्यक्ष ओलीले भूगोलिक प्रदेशका नेताहसँग प्रदेशगत सुझाव लिनुका साथै आफ्नो बिचार राखेर गहन छलफल गरिरहनुभएको छ । ‘अध्यक्ष कमरेडले दैनिकजसो नेता कार्यकर्ताहरूसँग भेट गर्ने र सुझाव लिने काम गरिरहनुभएको छ, बिभिन्न प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग सामुहिक छलफल पनि भएको छ,’ अध्यक्ष ओलीका सचिवालय प्मुख एमाले केन्द्रीय सदस्य निरुदेवी पालले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

‘म खुला किताब हुँ, जसले जसरी पढे पनि हुन्छ । मेरो व्यक्तिगत कुनै स्वार्थ थिएन, छैन र हुनेछैन,’ छलफलमा अध्यक्ष ओलीले भन्नुभएको छ, ‘मेरो स्वार्थ भनेकै देश बन्नुपर्छ, नेपाली बन्नुपर्छ भन्ने हो। यस विषयमा मैले कहिल्यै सम्झौता गरेको छैन र भविष्यमा पनि गर्दिनँ ।’ भेटमा अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई लगाउने गरेको आरोप सुनेर चकित पर्ने गरेको धारणासमेत सबिस्तार राख्नुभएको छ । ‘पार्टीभित्र मेरा कुनै विशेष आफन्त छैनन्। पार्टीमा लागेका सबै कमरेडहरू नै मेरा आफन्त हुन,’ ओलीको भनाई उधृत गर्दै केन्द्रीय सदस्य नेश्नल शाहीले भन्नुभयो ।

भेटमा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको बिध्वंसकारी घटना आफूले कल्पानासमेत नगरेको धारणा सुनाउनु भएको छ । ‘भदौ २३-२४ गते जे भयो, त्यसको त्यस्तो स्वरूप हुने कल्पना तपाईंहरूले मात्र होइन, मैले पनि गरेको थिइनँ,’ ओलीको भनाई थियो । उहाँका अनुसार भदौ २३-२४ गते वास्तवमा ती युवाहरू मारिएका हुन ? भन्ने प्रश्नको जवाफ पाउन सकेको छैन । ‘उनीहरू किन मारिए ? कसको गोलीबाट मारिए ? किन त्यस्तो परिस्थितिमा पुग्न बाध्य भए ? त्यसबारे सत्य तथ्य बाहिर आउनुपर्छ। सम्बन्धित प्रतिवेदन किन लुकाइयो भन्ने प्रश्नको पनि जवाफ खोजिनु पर्छ,’ ओलीको भनाई छ ।

यस्तै अध्यक्ष ओलीले आफू गलत काम भइरहेको देख्दादेख्दै चुप बस्न नसक्ने भन्दै धेरै बोल्यो भन्नेहरूले मुलुक समाप्त पार्न चाहेको निचोड सुनाउनु भएको छ । ‘केपी ओली धेरै बोल्छ भन्ने आरोप लाग्छ । तर देशका पक्षमा बोल्नु मेरो दायित्व हो । मैले बुझेको र सही लागेको कुरा बोल्छु, तर सत्य बोल्छु,’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले पार्टीका केही नेताहरूको अभियान नै गलत रहेको भन्दै त्यसबाट चिन्नित नहुने र कार्यक्षेत्र फर्किएर काममा जुटन निर्देशनसमेत दिनुभएको छ ।

‘साथीहरू, चिन्ता नगर्नाेस, उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्कनुहोस्, पार्टीको काममा सक्रिय बन्नुहोस्। भ्रममा नपर्नुहोस् र भ्रम फैलाउनेहरूको पछि पनि नलाग्नोस,’ ओलीको निर्देशन छ, ‘केही साथीहरूमा अन्योलता देखिएको छ । समयसँगै त्यो हट्नेछ । त्यसैले कमरेडहरू चिन्ता नगर्नाेस । सचिवालय बैठकमा नेताहरुले राखेको भन्दा अतिरञ्जित ढंगबाट सूचना प्रशारण भएपछि देशभरका नेता कार्यकर्ता अध्यक्ष ओलीसँग भेटेर जमिनको सुझाव दिइरहेका छन । यही क्रममा अध्यक्ष ओलीले प्रदेशका नेताहरुसँग गहन छलफल र सुझाव लिने क्रम थाल्नुभएको हो । अध्यक्ष ओलीले हरेक प्रदेशसँग तीनदेखि करिब चार घण्टा छलफल गर्नुभएको छ ।

सो क्रममा हरेक जिल्ला अध्यक्षहरूले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्ना धारणा प्रस्तुत गर्नुका साथै सुझाव दिएको बैठकमा सहभागी एमाले केन्द्रीय सदस्य निगेन्द्र शाही नेश्नलले जनताटाइम्स डटकमलाई जानकारी दिए । अध्यक्ष ओलीसँगको भेटमा जिल्ला अध्यक्षहरूले प्रतिनिधिसभा निर्वाचनको परिणामपछि केन्द्रका नेताहरूमा आत्मविश्वास कमजोर भएको अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेको पनि शाहीले जानकारी दिनुभयो ।