जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार १०:३६

रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङको पार्टीले गर्यो बहिष्कार


काठमाडौं, जेठ २५ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीले बहिष्कार गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको ब्यवहार र देशद्रोही अभिब्यक्तिमा रास्वपाले कुनै प्रतिक्रिया नदिएर साथ दिएको भन्दै आक्रोशित हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सर्वदलीय बैठक नै बहिष्कार गरेको हो । बैठकमा अध्यक्ष हर्क साम्पाङसहित कुनै नेता सहभागी नहुनुभएको हो ।

अध्यक्ष हर्क साम्पाङ यस बिषयमा प्रतिक्रिया दिँदै नभ्याएको बताउनु भएको छ । ‘अर्कै कार्यक्रम भएकाले भ्याएनौं, त्यसैले सर्वदलीय बैठकमा हामी गएनौं,’ अध्यक्ष साम्पाङले भने । रास्वपा सभापति लामिछानेले आज सर्वदलीय बैठक बोलाउनु भएको हो ।

सिंहदरवारमा जारी बैठकमा संसदमा रहेका सवै दलका प्रमुखलाई आमन्त्रण गरिएको थियो । तर, अन्य दलले प्रतिनिधि पठाए पनि श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित नभएका हुन ।