काठमाडौं, जेठ २५ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खुलेर प्रसंशा गर्नुभएको छ । रविले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको भन्दै एमाले सचिव बस्नेतले प्रसंशा गर्नुभएको हो ।
सभामुख डिपी अर्यालले संसद्को गतिरोध अन्त्य गर्न सक्रिय भूमिका खेल्नुपर्ने बेला विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको परिस्थितिमा प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बस्नेतको निश्कर्ष छ ।
‘सभामुखले संसदको गतिरोध अन्त्य गर्न सक्रिय भूमिका खेल्नुपर्ने बेला विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको परिस्थितिमा प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल हो। सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ

यसैगरी, सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको बस्नेतको भनाइ छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल हो। सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ,’ बस्नेतले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्