जनता टाइम्स

२५ जेष्ठ २०८३, सोमबार ११:४१

प्रधानमन्त्रको शैलीमाथि खनिदै परिपक्व व्यवहार देखाउन रास्वपालाई दियो राप्रपाले सुझाव


काठमाडौं, जेठ २५ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नेतृत्व दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । रास्वपा सभापति रवि लामिछानेले आज बोलाएको सर्वदलीय बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो सुझाव दिनुभएको हो ।

बैठकबाट निस्किएका राप्रपा अध्यक्ष लिङ्देनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका बेला ‘हामीले विगतको भारी बोक्दैनौं भनेर’ दिएको अभिव्यक्ति अपरिपक्व भएको राप्रपाको ठहर छ । यसले धेरै अर्थ राख्ने बताउँदै अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धको विषयमा संवेदनशील हुन रास्वपालाई सुझाव दिए ।