काठमाडौं, जेठ २५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन भएको केन्द्रीय संगठन विभागले जनाएको छ ।
रास्वपा केन्द्रीय संगठन बिभागका सचिव शंकर श्रेष्ठका अनुसार १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ। यसमध्ये केही जिल्लामा चुनाव भएर मतगणना भइरहेको छ। मधेस प्रदेशका अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी छ।
महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाहीको अधिवेशन निर्वाचनको चरणमा छ। सप्तरी र बाराको अधिवेशन मंगलबार तोकिएको छ। धनुषाको अधिवेशन बुधबारलाई तय गरिएको छ।यस्तै सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको छ ।
यस्तै अर्घाखाँची र बर्दियामा महिला नेतृत्व निर्वाचित भएका छन्। सचिव श्रेष्ठका अनुसार अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता बुढा क्षेत्री निर्वाचित हुनुभएको छ ।
यी हुन ५६ जिल्ला सभापति















प्रतिक्रिया दिनुहोस्