काठमाडौं, जेठ २५ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको कर्मचारी प्रशासनमा आतङ्क मच्चाउन थालेको छ ।
जङ्गबहादुर राणाको शैलीमा हुकुमी आदेश दिने र कानुनले नमिल्ने भन्यो भने लखेट्ने नीति कायम गरेपछि प्रधानमन्त्री कार्यालयमा १० जना सचिव पुगेका छन् । जगेडामा राख्न आफ्नो कार्यालय तानेर प्रधानमन्त्रीले सचिवालय टिममार्फत दैनिक अपमान गर्नका लागि त्यता लाने गरिएको देखिएको छ ।
सचिवलाई तर्साएर सबै कर्मचारीलाई चुपचाप घण्टी छापको मोहोरा बनाउने योजनाका साथ प्रधानमन्त्री आफैले यस्तो काम गरेको स्रोतले जनताटाइम्स डटकमलाई बताएको छ । नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी सचिवलाई आफूलाई म्यासेज गरेको भरमा पुलिस लगाएर सात घण्टा थुनाउने, यातना दिने काम गर्नुभएका प्रधानमन्त्री बालेनले मुख्यसचिवसहित चार जना दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० जना सचिव थुपारेर जिम्मेवारीविहीन बनाउनु भएको छ ।
हरेक सचिवलाई दैनिक प्रधानमन्त्रीको सचिवालयका टिममार्फत अपमान गर्ने गरिएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हाले लगत्तै ‘आफू, आफ्नो टिम र मन्त्रीहरूले दिएको आदेश कानुनले मिल्दैन नभन्नू, छाडेर जानू’ भन्ने उर्दी जारी गर्नुभएका प्रधानमन्त्री बालेनले पछिल्लो समय सचिवहरूले कानुनले दिएको क्षेत्राधिकारभित्र रहेर काम गर्दा पनि लखेटाइमा परेका हुन ।
यही क्रममा सरकारले सामान्य प्रशासन, सङ्घीय मामिला, सहकारी तथा भूमिव्यवस्था मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा पठाएको छ भने अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बराललाई गण्डकी प्रदेश सरुवा गरेको छ । यही क्रममा सरकारले ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्ट,सार्वजनिक खरिदका हरि मैनालीलाई प्रधानमन्त्री कार्यालयको जगेडामा पुर्याएको छ ।
यस्तै स्वास्थ्यका डिल्लीराम शर्मा, युवा खेलकुदका लोकनाथ पौडेल,वनका गोविन्द शर्मालाई पनि प्रधानमन्त्री कार्यालयमा नै लगिएको छ । उपराष्ट्रपति कार्यालयमा तैनाथ कृष्णहरि पुष्करसमेत गर्दा प्रधानमन्त्री कार्यालयमा १० जना सचिव थुपारिएका छन् । प्रधानमन्त्री बालेनले पुष्करले म्यासेज गरेको आधारमा प्रहरी लगाएर यातना दिनुका साथै मध्य राती आपत्तिजनक पोष्ट गरेर थप अपमानित गरिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्