जनता टाइम्स

१ पुष २०७६, मंगलवार १६:१४

गुठी संस्थानकै प्रमुख र उपप्रशासक घुस लिएको आरोपमा पक्राउ


काठमाडौं, पुष १

गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख नै घुसको रकमसहित पक्राउ परेका छन् । प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको हो ।

मंगलबार उनीहरूलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको छ ।

उनीहरूले कति लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको कोइरालाले बताउनु भयो । मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अख्तियारले उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरिरहेको थियो।