काठमाडौं, जेठ २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले गम्भीर विषयमा छानबिन आवश्यक रहेको भन्दै अर्थमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो ।
ओलीले अर्थमन्त्री वाग्ले अर्थमन्त्रीकाे सन्दर्भमा उठेको विषय अत्यन्त गम्भीर भएकाले निष्पक्ष र विश्वसनीय छानबिन अनिवार्य भएको बताउनुभयाे । उहाँले छानबिन प्रक्रिया सम्पन्न नभएसम्म अर्थमन्त्रीले स्वविवेक प्रयोग गरी नैतिकता र सुशासन कायम गर्ने दृष्टिकोणले आफ्नो जिम्मेवारीबाट अलग रहनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले अर्थमन्त्री माथी करकाे दायरा हेरफेर गरेकाे गम्भीर आराेप लागेकाे बताउनुभयाे । ‘यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ,’ ओलीले भन्नुभयो, ‘त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर, सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफू आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ ।’
राप्रपाले संसद्मा उठाएको विषयलाई सामान्य रूपमा नलिन उहाँले सरकारसँग आग्रह गर्नुभयाे । उहाँले यसमा तत्काल छानबिन प्रक्रिया अघि बढाउनुपर्ने माग पनि गर्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्