काठमाडौं, जेठ २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन सरकारले योग्यता होइन, पाखण्ड, स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप देखाएको ठोकुवा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सरकार योजनावद्ध आपराधिक शैलीमा हिडेको ठोकुवा गर्नुभएको हो ।
‘देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने, अबैध धनका स्रोतलाई सिष्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने,’ महासचिव पोखरेलले भन्नुभएको छ ।
उहाँले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एक पछि अर्को गर्दै देखिदै गएको भन्दै सरकारको नीतिको कडा आलोचना गर्नुभएको छ । एमाले महासचिव पोखरेलले भन्नुभएको छ, सुशासन र तिव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै विर्साउने कूकार्य नयाँका नाममा कदापी उचित मान्न सकिदैन ।
यस्तो छ पोखरेलको निश्कर्ष
जान्नेलाई छान्नेको भ्रष्टिकरण
‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एक पछि अर्को गर्दै देखिदैछ । देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने, अबैध धनका स्रोतलाई सिष्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने । यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो । स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूप हो।
सुशासन र तिव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै विर्साउने कूकार्य नयाँका नाममा कदापी उचित मान्न सकिदैन ।













प्रतिक्रिया दिनुहोस्