काठमाडौं, जेठ २८ । नेपाल प्रहरीका ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एकैपटक ठूलोमा संख्यामा इन्सपेक्टरहरुको सरुवा गर्नुभएको हो ।
यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ । विभागका अनुसार सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् । प्रहरी प्रधान कार्यालयले आवश्यकता र कार्यदक्षताका आधारमा नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको प्रहरी प्रशासनले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्