जनता टाइम्स

२८ जेष्ठ २०८३, बिहीबार १५:२१

प्रहरीमाथि नै महिलाले गरिन हतियार प्रहार


काठमाडौं, जेठ २९ । बाँकेको बैजनाथ गाउँपालिका–५ मा प्रहरीमाथि एक महिलाले धारिलो हतियार प्रहार गरेकी छन् ।

बिहीबार (जेठ २८) ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवल्दारमाथि हतियार प्रहार गरिएको हो । हतियार प्रहार गरिएपछि महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो।

‘विद्यालयको सरकारी जग्गा खाली गर्न प्रहरी टोली पुगेको थियो । एकजना हवल्दारमाथि महिलाले धारिलो हतियार प्रहार गर्नुभएको छ, उहाँको अवस्था सामान्य छ,’ डिएसपी राठौरले भने । ती महिलामाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।