जनता टाइम्स

२८ जेष्ठ २०८३, बिहीबार १५:५८

त्रिबि शिक्षण अस्पताल पुगे एमाले अध्यक्ष ओली


काठमाडौं, जेठ २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ओली अस्पताल पुग्नुभएको हो ।

एमाले अध्यक्ष ओलीका सचिवालयले जनाएअनुसार दाँतमा समस्या देखिएपछि अध्यक्ष ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गराउन जानुभएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले अहिले अध्यक्ष ओलीको दाँतको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।