रामेछाप, जेठ २९ । नेकपा (एमाले) वागमती प्रदेश सङ्गठन कमिटीको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
दुई दिनसम्म सञ्चालन हुने बैठक पेप्सीकोलास्थित स्टार ब्याङ्क्वेटमा आयोजना गरिएको एमाले वागमती प्रदेश कमिटीले जनाएको छ। बैठक आज र भोलि चल्ने कार्यक्रम रहेको छ।
बैठकको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ।
प्रदेश कमिटीका पदाधिकारी, सदस्य तथा सम्बन्धित ताेकिएका नेताहरुकाे सहभागी हुने बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्ययोजना, प्रदेशस्तरीय गतिविधिको समीक्षा तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
एमालेले बैठकलाई पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरेको जनाएको छ। बैठकबाट प्रदेशस्तरका राजनीतिक तथा संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउने सम्बन्धमा आवश्यक निर्णयहरू गरिने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्