जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार ०९:३७

सभामुख डिपी अर्याललाई शंकरले सम्झाए पदीय मर्यादा र भूमिका


काठमाडौं, जेठ २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै एमाले महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् भन्ने तथ्यलाई स्मरण पनि गराउनु भएको छ ।

पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभइ सभामुख विपक्षी सांसदहरुसँग बहसमा पनि उत्रिने गरेकोका कडा आपति बनाउनु भएको छ ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो ।

पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहशमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरु नै हुन् ।’