पोखरा, जेठ ३० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेशमा नबिन त्रिपाठीले सानदार जीत निकाल्नुभएको छ । शनिवार बिहान सार्वजनिक मतगणना परिणामअनुसार त्रिपाठी प्रदेश समितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शुक्रबार राति करिब ११ बजेतिर शुरु भएको मतदान अन्तर्गत शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार अध्यक्षमा त्रिपाठी अत्यधिक मतका साथ बिजयी हुनुभएको छ । सभापतिका चारजना आकांक्षीबीच सर्वसम्मति गराएर नेतृत्व चयन गर्ने प्रयाश लगायत दिनभर चलेको भएपनि अन्तत राति ११ बजेतिर मतदान शुरु गरिएको थियो ।
रास्वपा गण्डकीको पहिलो अधिवेशनबाट सभापति बन्न नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा उत्रनुभएको थियो । चार आकांक्षीमध्ये गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति र त्रिपाठी महासचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

मतगणनाको परिणाम अनुसार अध्यक्षमा बिजयी त्रिपाठीले २ सय ३४ मत, राजन गौतमले १ सय ८२ मत, माधव कंडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा बिजयी हुने उमेदवारले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेको कारण दोश्रो चरणको मतदान हुने अपेक्षा गरेका अधिकांश मतदाताको अनुमानलाई चिर्दै त्रिपाठीले पहिलो चरणमा नै ५० प्रतिशत मत कटाएर अध्यक्षमा विजयी बन्नुभएको हो ।
प्रदेश सदस्यका लागि ५१ आकांक्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन्













प्रतिक्रिया दिनुहोस्