जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार १५:४८

एमालेको चेतावनी : देशद्रोही अभिव्यक्ति सच्याऊ, सुस्तामा एसएसबीको प्रवेश रोक


काठमाडौं, जेठ ३० । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति क्षमायाचनासहित सच्चाउन माग गरेको छ। एमाले बागमती प्रदेश कमिटी दोस्रो बैठकले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति तत्काल सच्चाउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको हो।

एमालेको बागमती प्रदेश संगठन कमिटीको बैठक र पार्टी पुनर्गठन कार्यदलको सुझाव संकलन शुक्रवारबाट भई आज सकिएको हो । सो बैठकले सुरस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को प्रवेश रोक्न र प्रधानमन्त्रीको आपत्तिजनक अभिब्यक्ति सच्याउन सरकारलाई भनेको प्रचार बिभाग प्रमुख उपसचिव भक्तकुृमारी लामाले जानकारी दिनुभयो ।

‘जेठ ७ गते सार्वभौम संसद्को रोष्ट्रममा प्रधानमन्त्रीले दिएको देशद्रोही अभिव्यक्ति (भारतले मात्र हाम्रो देश मिचिएको होइन रहेछ, हामीले पनि भारतको सीमा मिचेका रहेछ( भन्ने अभिव्यक्तिको यो बैठक घोर भर्त्सना गर्दै त्यो देशद्रोही अभिव्यक्ति सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी व्यक्त गर्दछ,’ बैठकले पारित गरेको प्रस्तावको दोस्रो बुँदामा भनिएको छ ।

पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको घटना सार्वजनिक भएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको छ। यस्तै बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै सो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ। यसैगरी बैठकले महंगीप्रति सरकारको उदासिनता, अराजकतातर्फको यात्रादेखि बिपदको पूर्वतयारी थाल्ने काममा प्राथमिकता दिनसमेत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चैत्र १४ गते पितृ शोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ। बैठकबाट पारित १० बुँदे समसामयिक प्रस्तावको पहिलो बुँदामै अध्यक्ष ओलीको बिषयमा कडा रुपमा उठाइएको हो ।

प्रस्तावको पुर्णपाठ