जनता टाइम्स

१ असार २०८३, सोमबार १७:११

प्रशासनिक खर्च ११ प्रतिशत कटौती गर्दै बागमती सरकार


हेटौंडा, असार १ । बागमती प्रदेश सरकारले एकै पटक ११ प्रतिशत प्रशासनिक खर्च घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यति धेरै खर्च कटौती गरिने गरी कार्यक्रम ल्याएको बताउनु भएको हो । बागमती प्रदेश सरकाररमा अहिले १४ वटा मन्त्रालय छन्।

यसअघि सरकारले र सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रालयको संख्या ७ वटामा सीमित गर्ने निर्णय गरेको थियौ। त्यस्तै कर्मचारीको दरवन्दी संख्या पनि ७ सय बढी घटाउने योजना अघि सारिएको छ ।

प्रदेश खर्चको मितव्ययी र मन्त्रालय तथा निकायहरूको पुनरसंरचनाबाट प्रशासनिक खर्च ११ प्रतिशतले कम गर्ने लक्ष्य राखिएको मन्त्री तामाङले बताउनु भयो । चालु आर्थिक वर्षमा बागमी प्रदेश सरकारले स्थानीय तहमा पठाउने अनुदानसहित २६ अर्ब रूपैयाँभन्दा धेरैको चालु खर्च विनियोजन गरेको थियो।