जनता टाइम्स

३ असार २०८३, बुधबार ०८:०८

ठमेलमा अश्लिल हर्कत गर्ने ३२ जना मध्यराती समातिए


काठमाडौं, असार ३ । प्रहरीले ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ३२ जनालाई नियन्त्रणमा लिएको छ ।

ठमेल नरसिंह चोकस्थित सार्वजनिक सडक खण्डमा बाटो हिँड्ने पर्यटक र सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्ने, अश्लील कार्यको लागि मोलमोलाइ गर्नेहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।